काठमाडौा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गणेश लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार हुने उम्मेदवारको मनोनयन दर्तामा आफूंले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।
तत्कालिन नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य रहेका उनी पार्टी समायोनपछि महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न. १ (ख) बाट उम्मेदवार थिए।
पार्टीमा युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको लामाले बताए । उनी पार्टीका वर्तमान उपसभापति विजय कुमार गच्छदार निकट मानिन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
