वामदेवलाई हराएका नेता गौतमले गरे कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेस बर्दियाका निवर्तमान जिल्ला सभापति सञ्जय कुमार गौतमले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पूर्वमन्त्री सिंचाइमन्त्री समेत रहेका गौतमले शुक्रबारदेखि सुरु हुने कांग्रेसको  १४ औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।

Advertisement

गौतमले, पार्टीमा सक्षम नेतृत्व, विधि र प्रक्रियाबाट पार्टी सञ्चालनका एजेन्डासहित उम्मेदवार बन्ने घोषणा गरेका छन्।

उनले सभापति शेर बहादुर देउवाले सभापति त्याग गर्न सके कांग्रेसको १४औँ महाधिवेशन एकताको महाधिवेशन हुने पनि बताए ।

नयाँ पुस्तासँग कुरा गर्दै नेता गौतमले भने, “हो अहिले हामी ऐतिहासिक मोडमा छौँ । कांग्रेसको यो १४औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो जोड हो । सकेसम्म प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेर बहादुर देउवाले सभापतिको दौड छोडेर सर्वसम्मत गराउन लाग्नुपर्छ । त्यो हुन सक्यो भने उहाँको हाइट पनि धेरै माथि पुर्याउँछ । पार्टी एक ढिक्का हुन्छ र आगामी निर्वाचनमा पनि पार्टीले बहुमत ल्याउन सक्ने हुन्छ ।”

कांग्रेसभित्र कर्मठ र इमान्दार नेता भनेर चिनिएका गौतम संस्थापन इतर समूहका नेता हुन्। गत निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार तत्कालिन एमाले उपाध्यक्ष वामदेव गौतमलाई चुनाव हराएर निर्वाचित भएपछि उनको चर्चा ह्वात्तै बढेको थियो।

More News last news
Loading...