कांग्रेसको केन्द्रीय सदस्यमा उमेद्वारी दिने युवा नेता गुरु बरालको घोषणा

काठमाडौँ । नेपाली कांग्रेस कास्कीका युवा नेता गुरु बरालले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उमेद्वारी दिने भएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष समेत रहेका बरालले काँग्रेसको १४औँ महाधिवेशनमा गण्डकी प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिने भएका हुन् ।

Advertisement

लामो समय विद्यार्थी राजनीति र पछिल्लो समय युवा र पार्टीका समस्यामा घनिभूत रुपमा लाग्दै आएका बराल १४औँ महाधिवेशनको आवश्यकता, निष्ठा, इमान्तारिता निरन्तरता भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै पार्टीको केन्द्रीय राजनीतिमा होमिन लागेका हुन् ।

नयाँ पुस्तासँग कुरा गर्दै बरालले भने, “मैले लामो समयदेखि नेपाली काँग्रेसमा बसेर राजनीति गरेको छु । नेपाल विद्यार्थी संघको उपाध्यक्ष हुँदै क्षेत्र, जिल्ला र भर्खरैबाट प्रदेशमा पनि बाहिर बसेर काम गरेँ । अब पनि पार्टीको विधान बमोजिम आफुले पाएको जिम्मेवारी पुरा गर्नेछु । थोरै भएपनि पार्टीको अविभारा काँधमा बोक्न आतुर छु । अहिलेको महाधिवेशनमा देशैभरबाट धेरै युवाहरु महाधिवेशन प्रतिनिधि बनेर आउनुभएको छ । मैले अहिलेसम्म गरेका काम र मेरो प्रतिबद्धतलाई सबैले विस्वास गरेर मत दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।”

More News last news
Loading...