काठमाडौँ । नेपाली काँग्रेस तनहुँका नेता तथा गण्डकी प्रदेशका मन्त्री डोबाटे विश्वकर्माले केन्दीय सदस्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन् ।
मन्त्री विश्वकर्माले काँग्रेसको १४ औँ महाधिवेशनमा दलित समावेशी तर्फबाट केन्द्रीय सदस्य पदमा उमेद्वारी दिने भएका हुन् ।
२०३६ सालबाट काँग्रेसको राजनीतिमा होमिएका विश्वकर्मा पछिल्लो समय निकै चर्चामा रहेका छन् ।
गण्डकी प्रदेशमा निष्ठाको राजनीति गर्ने सादगी नेता विश्वर्मालाई पछिल्लो समय बनेको काँग्रेस नेता सांंसद् कृष्ण चन्द्र नेपाली नेतृत्वको गण्डकी सरकारमा मन्त्री बनाउने भनेर बोलाइएको र बाटैबाट फिर्ता पठाइएको घटनाले उनी चर्चामा रहे ।
विश्वर्कामाथि ठुलो अन्याय भएको भन्दै कार्यकर्ता र सञ्चारमाध्यममा चौतर्फी विरोध भएपछि उनलाई मन्त्री बनाइएको छ ।
नेता विश्वकर्माले आफू लामो समयदेखि दलित आन्दोलनमा रहेको र अझै दलित समुदायका मुद्धा स्थानीय स्तरदेखि केन्द्रसम्मै पुर्याउने पहुँच निर्माण गर्नका लागि आफुँले केन्द्रीय सदस्यमा उमेद्वारी दिएको बताए ।
विश्वकर्माले नयाँ पुस्तासँग भने, “म सादगी मान्छे । वुवादेखिनै हामी काँग्रेसको राजनीतिमा होमिएका हौँ । मैले पनि आफ्नो बल बुताले भ्याएसम्म दलित समुदायका मुद्दा उठाउँदै आएको छु । अहिलेसम्म स्थानीय, क्षेत्रिय, जिल्ला हुँदै नेपाल दलित संघ र राष्ट्रिय दलितसंघ मार्फत केन्द्रमा पुर्याए । अब पार्टीकै केन्द्रमा आफ्नै पहुँच बढाउन पाए दलित समुदायका समस्यालाई पार्टीको उच्च नेतृत्वसम्मै पुर्याएर समाधान गर्न सक्छु भन्ने लाग्छ । पछिल्लो समय सबैको माया पाएको छु । अब पनि पार्टीको केन्द्रीय सदस्यमा पनि अमुलय मत दिएर मलाई केन्द्रमा पठाउनुहुनेछ भन्ने मैले ठानेको छु ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
