मलाई पार्टीका शिर्ष नेताहरुको समर्थन छ, जित सुनिश्चित छ : प्रकाश पन्थ

(अन्तरवार्ता)

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । तनहुँको ग्रामिण परिवारमा जन्मिएर नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट नेपाली काँग्रेसको राजनीतिमा होमिएका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले पनि नेपाली काँग्रेसको (अपाङ्गतातर्फ) केन्द्रीय सदस्य पदमा उमेद्वारी घोषणा गरेका छन् । तनहुँको भानु क्याप्पसको स्ववियु सदस्य भएपछि सक्रिय राजनीतिमा लागेका पन्थ अहिले राष्ट्रिय सभा सदस्य छन् ।

पन्थका अनुसार, १९ वर्षको कलिलो उमेरमा नै खुट्टाको हड्डीको क्यान्सरबाट पीडित भएका पन्थको उपचारका क्रममा शल्यक्रिया गर्दा घुँडा माथि बाटै खुट्टा काटियो । अहिले उनी कृतिम खुट्टाको सहराले हिँडडुल गर्दै आएको छन् । “म राष्ट्रिय सभाको सदस्य हुनुका नाताले पनि केन्द्रदेखि स्थानीय तहसम्मका थुप्रै अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि लड्दै आएको छु ।”

Advertisement

गृह जिल्लामा यहि समुदायका व्यक्तिहरुको समयोगका लागि संस्था नै स्थापना गरेर एकीकृत गर्ने कार्य पनि गरेका छन् । ‘राष्ट्रिय अपाङ्ग महासंघको क्षेत्रिय समितिमा बसेर पनि काम गरेँ । सुरुमा सचिव र पछि कार्यवहाक अध्यक्ष भएर काम गरेँ l यसैगरी, हाम्रो पाटीको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको जिल्ला शाखामा दुई पटकसम्म अध्यक्ष भएर काम गरेँ । अपाङ महासंघमा रहेर मैले लामो समय प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेटर्वकको रुपमा काम गरेको छु । पार्टीका नीति तथा कार्यक्रमहरुमा, अनि संविधानका मस्यैदाहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा चासो सरोकार राख्दै, सुझाब पठाउने, लबिङ गर्ने गरेँ, उनी भन्छन् ।

राष्ट्रिय सभा सदस्यको हैसियतले अपाङ्गता भएका व्यक्तिको हक हितका लागि के-के गर्नुभयो ?

संसद्मा अपाङ्गता भएका व्यक्तिहरुको हक र अधिकारका लागि आवाज उठाउँदै आएको छु । दर्जनौ विधेकहरुमा सयौँ संसोधनहरु राखेको छु । संविधान कार्यानयन गर्न बनेका दर्जनौँ मौलिक हकका विध्येकहरु अपाङ्ग मैत्री भए वा भएनन् त्याहाँ मैले चनाखो पूर्वक हेरेको छु । त्यसबाहेक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका थुप्रै विध्येकहरु अपाङ्ग मैत्री बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको छु ।

त्यस्तै, विश्व विद्यालयका ऐनहरुमा पनि काम गर्ने मौका पाएँ । त्यसबाहेक पार्टीको विधानलाई अपाङ्ग मैत्री बनाउन पनि मैले केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरुसँग ठुलै लबिङ गरेको छु । त्यसका कारण अहिले पार्टीमा पनि स्थानीय वडादेखिनै प्रतिनिधिहरु छानिएर आउने क्रम शुरु भएको छ ।

महाधिवेशन प्रतिनिधिहरुलाई के भन्नुहुन्छ ?

नेपाली काँग्रेसको १४औँ महाधिवेशन ऐतिहाँसिक पनि छ । देशभरबाट अहिलेसम्मकै धेरै प्रतिनिधिहरु सहभागी हुँदै छन् । जसमा देशैभरबाट आएका समावेशी अनुहार पनि हामीले देख्ने छौँ । अहिले अधिवेशन युवा वर्गमा पनि आकर्षणको केन्द्र बनेको छ । वडा, जिल्लादेखि नै युवाहरुको प्रवेश  देखिएको छ । यो निकै राम्रो र सकारात्मक कुरा पनि हो । अहिले देशभरबाट आउनुभएका प्रतिनिधि ज्युहरुले कसैको दवाव र लोभमा नपरी आफ्नो निष्पक्ष विवेक प्रयोग गरेर नेतृत्वका उमेद्वारहरुलाई विजयी गराउनुपर्ने हुन्छ । यसमा मैले पनि नेपाली काँग्रेसको अपाङ्गता तर्फ केन्द्रीय सदस्य पदमा उमेद्वारी दिएको छु । अहिलेसम्म मैले गरेका काम र भावी योजनालाई ख्याल गर्दै पार्टीको आन्तरिक निर्वाचनमा मत दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।

केन्द्रीय सदस्यमा तपाईलाई नै किन भोट दिने ?

म स्वयम् अपाङ्ग भएका कारण अपाङगता भएका व्यक्तिहरुसँगै खाइ खेली बिगत २५ वर्षदेखि यहि अभियानमा छु । म सँग यसका अभियान, सिकाई र भोगाई पनि छन् । ति सबै कुराहरुलाई मैले पार्टीसँग जोड्न चाहान्छु ।

मैले लामो समयदेखि बाहिर र केही वर्षदेखि राष्ट्रिय सभा सदस्य भएर यस अपाङ्गता भएका समुदायका आवाज उठाउँदै आएँ । गाउँदेखि राष्ट्रियसभासम्म त आवाज उठेँ । कति सुनुवाई पनि भए कति प्रक्रियामा पनि होलान् । सांसद् भएर मात्रै भन्दा पनि जिम्मेवार पार्टीको जिम्मेवार नेतृत्वमा रहेर अझै धेरै गर्न सकिन्छ भन्ने मलाई लाग्यो । र मैले काँग्रेसको केन्द्रीय सदस्य पदमा उमेद्वारी दिँदै छु । म यहि आरक्षक कोटाका अन्य प्रत्यासी साथीहरुभन्दा धेरै नै अब्बल र अनुभवी पनि छु भन्ने मलाई लागेको छ । मैले यस समुदायका हक अधिकारलाई राज्यका उच्च तहसम्म लैजाने र स्थापित गराउने प्राण गर्दछु । पार्टीलाई समावेशी, युवा मैत्री, प्रविधियुक्त स्मार्ट काँग्रेस बनाउने अभियानमा मैले पनि काम गर्नेछु ।

पौडेल पक्षका सबै शिर्ष नेतृत्वको समर्थन छ

नेपाली कांग्रेसको १४महाधिवेशनमा अपाङ्गता तर्फबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिँदै गर्दा मलाई धेरै नेताहरुको साथ र समर्थन रहने छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा शेखर कोइराला लगायतको साथ र समर्थन मैले पाएको छु । मेरो लामो समयको मेहनत, लगनसिलता उहाँहरुले देख्नु भएको पनि छ । म त्यो विस्वास र समर्थनलाई पूर्ण रुपमा काँधमा बोकेर आफ्नो जिम्मेवारी पूरा गर्नेछ’ ।

कांग्रेसको विधानानुसार १४औँ महाधिवेशनबाट सभापतिबाहेक दुई उपाध्यक्ष, दुई महामन्त्री, आठ सहमहामन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । नवौँपटक विधान संशोधन गर्दै नेपाली कांग्रेसले आफूलाई समावेशी पार्टीको रूपमा स्थापित गर्न खोजेको छ । वि।सं। २०१७ सालमा लेखिएको विधान ०७५ फागुन १२ गते नवौँपटक संशोधन गरिएको हो । नेपालको संविधानले समावेशी लोकतन्त्रलाई अंगीकार गरेपछि कांग्रेसले पनि आफूलाई समावेशी पार्टी बनाउन अभ्यास थालेको छ। अब कांग्रेसमा महिला, दलित, अपाङ्ग, अल्पसंख्यक, पिछडीएको क्षेत्र लगायतका कोटाबाट केन्द्रीय समिति र पदाधिकारीमा निर्वाचित हुने छन्।

More News last news
Loading...