काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै स्थानीय निकायहरूले मतादाता नामावली संकलन सुरु गरेका छन्।
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छैन भने जिल्ला प्रशासन कार्यालय अथवा निर्वाचन आयोगमा गएर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ।
साथै, आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ।
मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्। यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ ।
तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर हालेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरण देखिनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
