कांग्रेस महाधिवेशनः तनहुँबाट हेभिवेट नेताको कुन-कुन पदमा दाबी ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ। काठमाडौँमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति सदस्य चयन गर्ने छ ।

२४ मंसिर शुक्रबारबाट हुने महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यका लागि तनहुँबाट हेभिवेट नेताहरूको उम्मेदवारी घोषणा र दाबी सार्वजनिक भइरहेका छन् । तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरू फरक फरक समूहमा छन् ।

Advertisement

तनहुँबाट प्रतिनिधित्व गर्ने रामचन्द्र पौडेलले सभापतिमा दाबी गरिरहेका छन्। यसका लागि आफ्नो समूहमा सहमति जुटाउने प्रयासमा छन्।

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन्। गोविन्द भट्टराई र शंकर भण्डारी सहमहामन्त्रीका आकांक्षी हुन्।

केन्द्रीय कार्यसमिति सदस्यमा ध्रुव वाग्ले, रामचन्द्र पोख्रेल, प्रकाश पन्थ, डोबाटे विक, दिपक भट्टराई, आनन्द त्रिपाठी, रेशम गुरुङ र चिनु पोख्रेल आकांक्षीका रूपमा देखिएका छन्।

More News last news
Loading...