सेनाको हेलिकोप्टर दुर्घटनामा २ जना पाइलटको ज्यान गयो

इस्लामाबाद l पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकोप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ ।

इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।

Advertisement

दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ । आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन ।

जीबी ‘मुख्यमन्त्री’ खालिद खुर्सीद खानले विज्ञप्ति मार्फत घटनाबारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।

More News last news
Loading...