कांग्रेस युवा नेता क्षेत्री लोकप्रिय मतसहित गण्डकी प्रदेश सदस्यमा बिजयी

कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेशको सदस्यमा स्याङ्जा कांग्रेसका युवा नेता अजित अधिकारी क्षेत्री लोकप्रिय मतसहित बिजयी भएका छन्। भर्खरै सम्पन्न मतगणना अनुसार क्षेत्रीले स्याङ्जा जिल्लाको तर्फबाट लोकप्रिय मतसहित बिजयी भएका हुन् ।

गण्डकी प्रदेशमा रहेको १०४६ मतमध्ये क्षेत्रीले ६०० मत प्राप्त गर्दा उनीसँग प्रतिस्पर्धामा रहेका अर्जुन प्रकाश अर्यालले ४६० मत मात्र प्राप्त गरे ।

Advertisement

विगत लामो समयदेखि स्याङ्जा जिल्लाको राजनीतिमा क्रियाशिल रहेका क्षेत्रीले हालसालै सम्पन्न क्षेत्रीय अधिवेशनबाट लोकप्रिय मतसहित दोश्रो स्थानमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदै महासमिति सदस्य पद समेत सुनिश्चित गरिसकेका छन् । हाल नेपाल विद्यार्थी संघको स्याङ्जा जिल्ला अध्यक्ष पनि रहेका क्षेत्री स्याङ्जाली जनताहरुमाझ समेत लोकप्रिय छन् ।

यस्तै स्याङजा तरुण दलका नेता कुमबहादुर गुरुङ (बाबु) र नेबिसंघका नेता आशिक गुरुङ पनि गण्डकी प्रदेश सदस्यमा बिजयी भए ।

उनीहरु दुबै जना आदिवासी जनजातीतर्फ खुलामा बिजयी भएका हुन् । यस्तै मुस्लिम कोटाबाट स्याङ्जाकै शाह मोहमद् मिया बिजयी भए ।

More News last news
Loading...