गण्डकीका मन्त्री खड्का कांग्रेस महामन्त्रीमा पराजित

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का नेपाली कांग्रेस गण्डकी प्रदेशको महामन्त्री पदमा पराजित भएका छन् । उनले ५५६ मत पाएका थिए ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका खड्का किरणबाबु श्रेष्ठसँग पराजित भएका हुन् । खड्का श्रेष्ठसँग ११ मतान्तरले पराजित भएका हुन् ।

Advertisement

प्रदेश महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५७३ र विष्णुप्रसाद लामिछानेले ५६७ मत पाएर विजयी भएका छन् । दुबै वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका उम्मेदवार हुन्।

यसैगरी, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन् ।

शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजीत भएका छन् । १ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत पाएका छन् भने जोशीले ५ सय २८ मत पाए ।

सभापतिमा निर्वाचित शर्मा २०४५ देखि २०६१ सम्म कास्की कांग्रेसको सभापति थिए । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेको हो ।

More News last news
Loading...