राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी, कमल थापा पराजीत

काठमाडौं l राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।

Advertisement

अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन्।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु,’ थापाले भनेका छन्।

थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु,’ उनले भनेका छन्, ‘मैले राहत र उन्मुक्ति पाएको छु।’

More News last news
Loading...