पोखरा । नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । अन्तिम ४६ मत गन्न बाँकी हुँदै शर्मा धेरै मतान्तरका साथ विजयी भएका हुन्।
११ सय मत गणना गर्दा शर्माले ७५ मतको अन्तर पारे । शर्माको ५ सय ८५ मत आएको छ भने निकटतम प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीको ५ सय १० छ ।
यहाँ शर्मा पौडेल पक्षका हुन् भने जोशी देउवा पक्षबाट प्रतिस्पर्धामा थिए। अन्य अधिकांश पदमा पौडेल प्यानका उम्मेदवार विजयी भएका छन् । केही पद भने देउवा पक्षका उम्मेदवार जितेका छन्।
यसैगरी, नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
