काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ललितपुरबाट तीन नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, कांग्रेस ललितपुरका निवर्तमान सभापति मदन अमात्य तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा छन्।
बस्नेत र अमात्यले पहिलोपल्ट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । राणाले १३औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। ललितपुरबाट ओमकारप्रसाद श्रेष्ठबाहेक कांग्रेस केन्द्रीय समितिमा अहिलेसम्म अरु आउन सकेका छैनन्।
कांग्रेसको १३औं महाधिवेशनमा ललितपुरबाटै नेता रामकृष्ण चित्रकारले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। तर, उनी विजयी हुन सकेनन्।
यसपटक भने तरुण दलका वर्तमान अध्यक्ष बस्नेत, तरुण दलका पूर्वअध्यक्ष राणा र कांग्रेस ललितपुरका निवर्तमान सभापति अमात्य कांग्रेस केन्द्रीय कमिटीमा आउने प्रयासमा छन्। केन्द्रमा तीनै नेता पार्टी सभापति शेरबहादुर देउवा निकट छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
