१७ बुँदे घोषणापत्र जारी गर्दै एमालेको १० औं महाधिवेशन सम्पन्न

चितवन । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए। सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ।

Advertisement

१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो।

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ। न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ। यसलाई परास्त गर्ने प्रतिवद्धता छ।

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ। निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन।

मत परिणाम र सपथग्रहण पछि विधिवत समापनको घोषणा गरिने छ।

More News last news
Loading...