काठमाडौं l नेपाली कांग्रेस बागलुङको सभापतिमा जित शेरचन विजयी भएका छन्।
सोमबार सम्पन्न निर्वाचनबाट प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्यायलाई पराजित गर्दै उनी सभापति बनेका हुन्।
शेरचनले ८७३ मतल्याए भने उपाध्यायले ७६८ मत ल्याएका थिए। सभापतिमा विजयी शेरचन नेता कृष्ण सिटौला निकट हुन् भने पराजित उपाध्याय रामचन्द्र पौडेल पक्षका हुन्।
बागलुङमा दोस्रो चरणको मतदान भएको थियो। पहिलो चरणमा पहिलो स्थानको मत ल्याएका उपाध्यायलाई तेस्रो स्थानको मत ल्याएका द्रोण कुँवरले सघाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
