लोकप्रिय मतसहित २४ बर्षीय टेक विक महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको अधिवेशन अन्तर्गत अछामबाट २४ बर्षीय टेक बहादुर विक महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन् ।

विक अछाम क्षेत्र नं २ बाट समग्रमा दोश्रो लोकप्रिय मत सहित महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका हुन् । उनले ८३३ मतमा ४८७ मत प्राप्त गरेका छन् । हालसम्मको महाधिवेशन प्रतिनिधि पदको नतिजा हेर्ने हो भने उनी महाधिवेशन प्रतिनिधि जित्ने सबैभन्दा कान्छो प्रतिनिधि बनेका छन् ।

Advertisement

देशभरबाट केन्द्रीय स्तरका नेता र हस्तीहरुले प्रतिनिधिमा पराजय भोगिरहेका बेला धेरै ठाउँमा उनी जस्तै युवाहरु निर्वाचित भएका छन् । २०६६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा लागेका विक इकाई सदस्य, ने बि संघ जिल्ला सदस्य, नेपाल दलित विद्यार्थी संघ केन्द्रीय उप महासचिब समेत भए ।

पछिल्लो समय उनी बिभिन्न संघ संस्थाबाट सामाजिक संघ संस्थामा सक्रिय काम गर्दै आएका छन् । विकले सानै उमेरमा महाधिवेशन प्रतिनिधि पदमा बिजयी हुँदा आफूलाई औधी खूशी लागेको भन्दै मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद समेत दिए ।

मतदाताको मतको कदर गर्दै केन्द्रमा योग्य नेतृत्व चयन गर्नेमा भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

More News last news
Loading...