पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा पहिलो पटक महिला उम्मेद्वारी घोषणा भएको छ।
महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएको पर्सीपल्ट नेतृ सरस्वती गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
यो भन्दा अघि कोही पनि महिला सभापति बनेका थिएनन् । नेतृ गुरुङले उम्मेदवारी दिएपछि कास्कीमा उनै पहिलो महिला उम्मेदवारी महिला बनेकी हुन् ।
‘महाधिवेसन प्रतिनिधि बनेपछि राजनीतिको माथिल्लो उम्मेदवारीको गेट पनि स्वतः खुला हुन्छ । म धेरै सल्लाह र छलफलपछि कास्की जिल्लाको सभापति पदमा उम्मेदवारी दिने निर्णयमा पुगेकी छु, ’उनले भनेकी छन्।
कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य समेत रहेकी गुरुङ २०७४ सालमा कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमेयरमा पराजित भएकी थिईन्।
हाल कास्की क्षेत्र नम्बर १ बाट आदिवासी जनजाति महिला तर्फको महाधिवेसन प्रतिनिधिमा विजयी भएकी हुन् । गुरुङ कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिन्छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
