कांग्रेस लमजुङको सभापतिमा देउवा पक्षका टकराज गुरुङ निर्वाचित

लमजुङ । नेपाली कांग्रेस लमजुङको अधिवेशनको सभापतिमा संस्थापन पक्षका डा टकराज गुरुङ निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी गमप्रसाद गुरुङलाई १३२ मतले हराउँदै टकराज चार वर्षका लागि कांग्रेसको सभापति बनेका हुन्।

बुधबार बिहानीपख साढे १ बजेतिर सकिएको मतपरिणामअनुसार विजयी टकराजले ७१७ मत ल्याएका छन् । पराजित गमप्रसादले ५८५ मत ल्याएका छन्।

Advertisement

पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर गमप्रसाद गुरुङ प्यानलका साथ चुनावी मैदानमा होमिएको थियो ।

उपसभापतिमा गमप्रसादपक्षका आनन्द घिमिरेले ७०१ र टकराजपक्षका श्रीकान्त घिमिरेले ६७८ मत ल्याएर विजयी भएका छन्। पराजित गमप्रसादपक्षका खड्गबहादुर गुरुङले ६२१ मत ल्याए भने टकराजपक्षका लोकनाथ घिमिरेले ५२८ मत ल्याएका छन्। सचिवमा टकराज पक्षका कृष्णबहादुर अधिकारीले ६६६ मत ल्याएर विजयी भएका छन्।

गमप्रसाद पक्षधर विमल श्रेष्ठले ६४९ मत ल्याएर सचिवमा विजयी भएका छन्। टकराज पक्षधर नवीनचन्द्र घिमिरेले ५७९ र गमप्रसाद पक्षधर राजकुमार पाण्डेले ५९७ मत ल्याएर पराजित भए।

सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङले ७३९ मतका साथ विजयी भएका छन्। यस्तै, टकराजको प्यानलबाट विश्व पौडेलले ६०८ मत र गमप्रसाद प्यानलबाट नरबहादुर गुरुङले ७३९ मत ल्याएर सहसचिवमा विजयी भएका छन्। पराजित टकराजपक्ष मदनसिंह घिमिरेले ५५८ मत ल्याए। गमप्रसाद पक्षधर सूर्यकला बराल कोइरालाले ५९६ मत ल्याएका छन्।

केन्द्रमा कोइराला परिवार पक्षधर शंकरकान्त जोशी–बृषराज गुरुङ समूहले टकराज समूहलाई समर्थन गरेको थियो। लमजुङमा तेस्रो धार मानिएको उक्त समूहले समर्थन गरेपछि टकराजलाई जित्न सहज भएको हो।

कुल एक हजार ३३९ मत खसेकोमा एक हजार ३०२ मतमात्र सदर भएको छ। ३७ मत बदर भएको निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए।

More News last news
Loading...