पोखरा । नेपाली काँग्रेसको सम्पन्न क्षेत्रिय महाधिवेशनमा कास्कीका दुईवटा निर्वाचन क्षेत्रबाट ५१ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
कास्की क्षेत्र १ बाट तारानाथ रानाभाट, कृष्णबहादुर केसी, सुदीपमोहन भट्टराई, यज्ञबहादुर थापा, विकाश लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बसेल, तिलक रानाभाट, गिरीराज गौतम र शिरोमणि बराल महाधिवेशन प्रतिनिधि बनेका छन्।
यस्तै, महिला खुलातर्फ कोपिला रानाभाट, माया बराल, नीशा मल्ल र संज्ञा पोखरेल निर्वाचित भए भने खस आर्य महिलामा दुर्गा लामिछाने र शान्तिकुमारी खनाल, खस आर्य खुलामा नरेन्द्र थापा र सुरजजंग राणा, आदिवासी जनजाति महिलामा सरस्वती गुरुङ र गीमाया गुरुङ, आदिवासी खुलामा दीपक गुरुङ र डम्बरजंग गुरुङ, दलित महिलामा सरस्वती सार्की, अल्पसंख्यकबाट मोहनकुमार प्रधान निर्वाचित भएका छन्।
क्षेत्र २ बाट गण्डकी प्रदेशका मन्त्रीद्वय विन्दुकुमार थापा र कुमार खड्कासहित देवराज चालिसे, वीरेन्द्रनारायण विजुक्छे, शोभियतबहादुर अधिकारी, माधवप्रसाद बास्तोला, ऋषिराम काफ्ले, विजयराज आचार्य, गुरु बराल र अर्जुन पोखरेल निर्वाचित भएका छन् । खुला महिलाबाट कुमारी मुना बास्तोला, नम्रता बराल, लक्ष्मी पाण्डे र रंगीला आचार्यले बाजी मारे ।
खस आर्य महिलाबाट मिलन थापा र कोपिला तिवारी, खस आर्य खुलाबाट किरण केसी, मदन बस्नेत र मुकुन्द बास्तोला, आदिवासी जनजाति महिलामा तीर्थकुमारी गुरुङ र सुनयना पालिखे, आदिवासी खुलामा आशिक गुरुङ र निर्मल कर्माचार्य निर्वाचित भएका छन् । दलित कोटाबाट अर्जुन विश्वकर्मा र मधेशी, मुस्लिम, अल्पसंख्यक र अपांग कोटाबाट राधाकृष्ण गुरुङ चयन भए ।
महधिवेशन प्रतिनिधि निर्वाचित भएकामध्ये कृष्ण केसी, किशोरदत्त बराल, सुदीपमोहन भट्टराई लगायत जिल्ला सभापतिका दावेदार हुन् । क्षेत्र ३ को नतिजा आउन बाँकी छ । निर्वाचनका लागि आइतबार मनोनयन र सोमबार मतदान भएको थियो।
नेपाली कांग्रेस कास्कीको जिल्ला सभापतिको दाबी गरिरहेका कृष्ण कार्की भने महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्। १३ औं महाधिवेशनमा केन्द्रीय कोषाध्यक्षमा उम्मेदवारी दिएर चर्चा कमाएका कार्की कास्की १ बाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
