शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा विजयी, आरजु सर्वसम्मत

डडेल्धुरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।

Advertisement

उनकी पत्नी कांग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएकी छन्।

डडेल्धुरामा भीमबहादुर साउँद जिल्ला सभापतिमा विजयी भएका छन्। डडेल्धुराबाट देउवासहित २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

जिल्ला कार्यसमितिमा उपसभापतिमा डिल्लीराज जोशी र लक्ष्मीप्रसाद अवस्थी पनि सर्वसम्मत चयन भएका छन्। त्यस्तै सहसचिवमा गोविन्द बोहरा र प्रेमबहादुर महर लगायत सदस्य तथा पदाधिकारीहरु पनि सर्वसम्मत भएको बताइएको छ।

More News last news
Loading...