स्याङ्जा-२ महाधिवेशन प्रतितिनिधि: सभापतिका दाबेदार मल्ल पहिलो, पौडेल दोश्रो, सांसद् पाण्डे पराजीत

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट जिल्ला सभापतिका दाबेदार भागवत प्रकाश मल्ल सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन्।

गण्डकी प्रदेश सासंद समेत रहेका मल्लले खुलामा ८५२ मतसहित बिजयी भएका हुन् । यस्तै, सोही क्षेत्रबाट युवा नेता बिष्णु पौडेलले दोश्रो सर्वाधिक मतसहित बिजयी भए । पौडेलले ७४२ मत प्राप्त गरे।

Advertisement

यता, स्याङ्जा क्षेत्र नं २ का राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिएका प्रतिनिधि सभा सदस्य मोहन प्रसाद पाण्डेले भने पराजय भोगेका छन् । उनले खुला तर्फ ४७९ मत सहित १२ औ स्थान सिमित रहे।

खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा १० जना निर्वाचित हुने प्रावधान छ । यस क्षेत्रमा मल्लले नेतृत्व गरेको नेता पौडेलसहितका नेताहरूको संयुक्त प्यानलले क्षेत्रमा बर्चस्व कायम गरेको छ।

यो समूहलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समेत साथ दिएको स्रोतको दाबी छ।

More News last news
Loading...