कास्की । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित भएका छन्। हिजो भएको निर्वाचनमा ४५८ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि बुद्धिमान गुरुङले ३३० मत ल्याए ।
क्षेत्र नम्बर १ को सचिवमा सरोज केसी र ओमप्रकास गुरुङ बिजयी भएका छन् । केसीले ४५६ र गुरुङले ३३० मत ल्याए ।
सहसचिवमा सुजता गुरुङ ३७१ र मोति गिरीले ३४५ मत ल्याएर विजयी भएका छन् ।
समानुपातिक दलित सदस्य तर्फ गमप्रसाद विक निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यस अगाडि नै सर्वसम्मत भइसकेको छ ।
कास्की क्षेत्र नम्बर २ मा केशर प्रसाद निर्दोषी विजयी
नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को सभापतिमा केशरप्रसाद निर्दोषी निर्वाचित भएका छन् । उनले २ सय ४७ मत ल्याउँदा प्रतिस्पर्धी पुण्डरीप्रसाद बरालले २ सय ३० मत ल्याएका छन्।
सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी विजयी भए । उनीहरुले क्रमश २ सय ३० र २ सय २६ मत पाए । सहसचिवमा भावना श्रेष्ठ र विश्वराज आचार्य विजयी भएका छन्।
खुला सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी र शारदाराज चालिसे निर्वाचित भए। समानुपातिक दलिततर्फबाट विष्णु सिग्देल चयन भएका छन्।
महाधिवेशन प्रतिनिधिमा को-को आए ?
क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि विन्दुकुमार थापाले सर्वाधिक मत पाएका छन् । उनले ३ सय ६१ मत पाए। नेता देवराज चालिसेले ३ सय २३ मत प्राप्त गरे भने कुमार खड्काले २ सय ८८ मत प्राप्त गरे।
नेताहरु वीरेन्द्रनारायण विजुक्छेले २ सय ६२, शोभियतबहादुर अधिकारीले २ सय २१, विश्वराज आचार्यले २ सय, माधवप्रसाद बाँस्तोला मधुले १ सय ९८, ऋषिराम काफ्लेले १ सय ७८, गुरु बरालले १ सय ८० र अर्जुन पोखरेलले १ सय ६४ मत प्राप्त गरी विजयी भए । खुला १० पदमा २५ नेता चुनावी प्रतिस्पर्धामा थिए।
महिला खुला महाधिवेशन प्रतिनिधिमा लक्ष्मी पाण्डेले २ सय ७१ मतका साथ विजयी भइन् । रंगीला आचार्यले २ सय ३७, नम्रता बरालले २ सय १८ र कुमारी मुना बाँस्तोलाले १ सय ८३ मतका साथ विजयी भए ।
खस आर्य महिलामा कोपिला तिवारी २ सय ४७ र मिलन थापाले २ सय ४५, खसआर्य खुलामा किरण केसी ३ सय ५७, मुकुन्द बाँस्तोला ज्वाला २ सय १०, मदन बस्नेत १ सय ६३ मतका साथ विजयी भए।
आदिवारी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३ सय २१ र सुनयना पालिखे २ सय १४ मत पाएर विजयी भने खुलामा आशिक गुरुङ १ सय ४९ र निर्मलप्रसाद कर्माचार्य १ सय ५४ मत प्राप्त गरी विजयी भए।
दलित खुलामा अर्जुनकुमार विक १ सय ९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी भए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
