आज यी ४ प्रदेशमा मौसमी बदली, पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं l हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Advertisement

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

More News last news
Loading...