स्याङ्जामा क्षेत्र नं १ अधिवेशनः सभापतिका उम्मेद्वार थापाले पाए महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत
नेबिसँघ अध्यक्ष क्षेत्री दोश्रो
स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशनबाट सभापति पदमा उम्मेदवारी दिएका राजु थापाले सर्वाधिक लोकप्रिय मत सहित महाधिवेशन प्रतिनिधि पदमा बिजयी भएका छन् ।
थापाले १०१२ मत मध्ये ८२३ मत प्राप्त गरे । खुला महाधिवेशन प्रतिनिधिमा बिजयी भएसँगै थापालाई जिल्ला सभापति पदमा उम्मेद्बारी दिन बाटो खुलेको छ ।
यस्तै, नेपाल विधार्थी सँघका, जिल्ला अध्यक्ष अजित अधिकारी क्षेत्रीले लोक्रपिय मतसहित दोश्रो स्थानमा महाधिवेशन प्रतिनिधि पदमा बिजयी भए । क्षेत्रीले ७०५ मत पाएका छन् ।
क्षेत्रीले दोश्रो स्थानमा जित हासिल गरेसँगै स्याङ्जा कांग्रेसका केही पुराना नेताहरू उनी भन्दा पछि परेका छन् ।
क्षेत्र नं १ को निर्वाचनमा थापा प्यानलबाट चुनाव लडेका तुलसी रेग्मी नेतृत्वको प्यानल नै बिजयी भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
