खोटाङ कांग्रेस सभापतिमा पूर्वराज्यमन्त्री र पूर्वजिल्ला सभापतिको मनोनयन दर्ता

खोटाङ । खोटाङमा नेपाली कांग्रेसको सभापतिका लागि पूर्वराज्यमन्त्री सर्वधन राई र पूर्वजिल्ला सभापति विष्णुकुमार राईले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्ताका लागि समय सोमबार साँझ ६ः३० बजेसम्म बढाइएकोमा हालसम्म देउवा निकट पूर्वराज्यमन्त्री राई र पौडेल निकट पूर्वसभापति राईले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Advertisement

पूर्वराज्यमन्त्री राईको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना र राजन शैंजू, सचिवमा रोजन राई र राम साम्पाङ, सहसचिवमा ध्यानबहादुर राई र राजकुमार राई चुनावी मैदानमा छन्।

यस्तै, पूर्वसभापति राईको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा सार्जन राई र सालिकराम बञ्जराले मनोनयन दर्ता गराएका छन्। पूर्वराज्यमन्त्री राईलाई कृष्ण सिटौला समूहको समर्थन छ भने पूर्व सभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको साथ छ।

कांग्रेस जिल्ला सभापतिका चार आकांक्षीमध्ये सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईले पूर्वराज्यमन्त्री राईलाई सहयोग गर्ने सहमति भएको छ। जिल्ला सभापतिको दौडबाट ‘ब्याक’ भएका महाधिवेशन प्रतिनिधि राई संघीय महाधिवेशन प्रतिनिधिमा उठेका छन्।

सभापतिको दौडमा देउवा निकट महासमिति सदस्य रबीप्रकाश राई पनि छन्। मनोनयन दर्ता गर्ने समयभित्र उम्मेदवारी नदिए उनले अन्तमा पूर्वराज्यमन्त्री राईलाई सहयोग गर्ने श्रोतले जनाएको छ।

जिल्ला सभापतिको मतदान भने मंगलबार बिहान ७ बजेदेखि सुरु हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदानमा जिल्लाको प्रदेश ९क० र ९ख०का कम्तीमा १ हजार ४०० प्रतिनिधिले भोट हाल्ने छन्।

More News last news
Loading...