१८ वर्षकी किशोरी कांग्रेस प्रदेश प्रतिनिधि चयन

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ (ख) बाट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा १८ वर्षीया किशोरी चयन भएकी छिन्। १८ वर्षकी रक्षा यादव सर्वसहमतिमा प्रदेश प्रतिनिधिमा चुनिएकी हुन् ।

प्रतिनिधि चयन भएपछि रक्षाले सक्रिय राजनीतिमा लाग्ने प्रतिकृया दिएकी छिन्। अहिलेको नेतृत्वबाट देशको विकास असम्भव रहेकाले खबरदारी गर्न युवा पुस्ता राजनीतिमा आउनु पर्ने उनले बताइन।

Advertisement

यस क्षेत्रबाट रक्षा मात्र सर्वसहमत प्रतिनिधि चयन भएकी हुन्। अन्य प्रतिनिधिका उम्मेदवारहरूबीच निर्वाचन भइरहेको छ।

रक्षा सर्वसम्मत हुँदा युवा पुस्ताका लागि उर्जा थप्ने काम भएको कांग्रेस विराटनगर महानगरका सहसचिव दिवस नेपालले बताए।

खोटाङ प्रदेश ‘क’मा राजेन्द्र राई, ‘ख’मा दिनेश घिमिरे निर्वाचित

कांग्रेस खोटाङ क्षेत्रीय कार्यसमिति प्रदेश (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेदवार भक्तजंग राईलाई ९२ मतले पछि पार्दै राजेन्द्र क्षेत्रीय सभापति बनेका हुन्। शनिबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार राजेन्द्रले तीन सय ७२ मत ल्याउँदा भक्तजंगले दुई ८० मत पाएको मतदान अधिकृत शिवहरि ढकालले बताए।

राजेन्द्रले पौडेल र कोइराला प्यानलबाट क्षेत्रीय सभापतिसहित सबै पदाधिकारीमा बाजी मारेका हुन्। उनी कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलसँग नजिक छन्। उनलाई पौडेलनिकट पूर्व जिल्ला सभापति एवं सभापतिका उम्मेदवार विष्णुकुमार राई, पूर्वसभापति नरेश श्रेष्ठ, महासमिति सदस्य एवं सभापतिका उम्मेदवार रविप्रकाश राई, क्षेत्रीय सभापति इवन राईलगायतको साथ छ।

भक्तजंग देउवानिकट पूर्व राज्यमन्त्री एवं जिल्ला सभापतिका उम्मेदवार सर्वधन राईको प्यानलबाट उठेका थिए।

क्षेत्रीय उपसभापतिमा राजेन्द्र कै प्यानलका बालकुमार राईले तीन सय ३८ मत र मित्रलाल पुरीले तीन सय ५५ मत, सचिवमा राजन भट्टराईले तीन सय ७४ र ज्ञानेन्द्र राईले तीन सय ४४, सह–सचिवमा पृथ्वीनारायण आचार्यले तीन सय ७० र भूपेन्द्र खनालले दुई ७० मत ल्याएर विजयी भएका छन्। १७ जना प्रदेश प्रतिनिधिमा पनि मञ्जु कार्कीबाहेक सबै राजेन्द्रकै प्यानलबाट निर्वाचित भएका छन्।

यस्तै, क्षेत्रीय कार्य समिति प्रदेश ‘ख’को सभापतिमा दिनेश घिमिरे निर्वाचित भएका छन्। ६ सय ३५ मत खस्दा घिमिरे तीन सय ३१ मत ल्याएर सभापति बनेका हुन्। सिमपानीस्थित सिमपानी माविमा शुक्रबार राति घोषित नजिताअनुसार उनका प्रतिद्धन्द्धी चण्डीकुमार राईले दुई सय ७५ मत पाएका छन्।

क्षेत्रीय उपसभापतिमा घिमिरे प्यानलकै महेन्द्र राईले तीन सय २७ मत र राई प्यानलका रामचन्द्र केसीले दुई सय ८८ मत ल्याएर उपसभापतिमा निर्वाचित भएका छन्।

सचिवमा तीन सय २४ मत ल्याएर घिमिरे प्यानलकै प्रविण राई र दुई सय ८४ मत ल्याएर समराज राई निर्वाचित भएका छन्। सह–सचिवमा पनि घिमिरेकै प्यानलबाट तीन सय दुई मत ल्याएर राजकुमार बस्नेत र कमल प्रधान निर्वाचित भएका छन्।

More News last news
Loading...