पौडेल पक्षको आरोप: गृहमन्त्री कै योजनामा मण्डले शैलीमा आक्रमण भयो

बुटवल । मत गणनाका क्रममा आक्रमणमा परी घाइते भएका कांग्रेसका नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन्।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन्।

Advertisement

उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाँणका भाइ कांग्रेस रुपन्देहीका सचिव समेत रहेको रामकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको आरोप लगाए।

मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अर्को समूहमाथि आक्रमणमा उत्रिनु खेदजनक र निन्दनीय भएको बताए।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणको निर्देशनमा आक्रमणको भएको सूचना पाएको बताए।

तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको समूहले काँग्रेस नेता शैलेस पन्तमाथि सांघातिक आक्रमण गरेको बताउँदै उनले सत्ता र शक्तिको आडमा गुण्डा परिचालन गरेर चुनाव आफ्नो पक्षमा पार्ने कोशीस गरिएको बताए।

राति मतगणना चलिरहँदा देउवा पक्षका कार्यकर्ता पुगेर जेनेरेटर बन्द गरी आक्रमण थालेका थिए। आक्रमणमा प्रदेश निर्वाचन क्षेत्रका सचिव पदका उम्मेवार पन्तसहित पाँच जना कार्यकर्ता घाइते भएका छन्।

गम्भीर घाइते पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने अन्य चार जनाको भीम अस्पताल भैरहवामा उपचार भैरहेको छ। निर्वाचनमा पराजित हुने डरले देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ।

र कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले आफ्नो संलग्नताको आरोप अस्वीकार गर्दै मतगणना स्थलमा नभई बाहिर झडप भएको र यो विषयलाई गृहमन्त्रीसँग जोड्न आवश्यक नरहेको बताए।

More News last news
Loading...