सल्यानमा देउवा पक्षलाई धक्का, इलाम १ ‘ख’ मा राई विजयी

सुर्खेत । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन्। सल्यानको प्रदेश क्षेत्र नम्बर (क) मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारी निर्वाचित भएका हुन् ।

चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले तीन सय १३ र अधिकारीले तीन सय १२ मत ल्याएका थिए ।

Advertisement

कांग्रेस इलाम १ ‘ख’ सभापतिमा निश्कल राई
नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् ।

राईले १ सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिस्पर्धीमध्ये श्यामबहादुर कार्कीले ८३, मनबहादुर बस्नेतले ७३ रसुवक श्रेष्ठले १४ मत प्राप्त गरेर पराजित भए ।

उपसभापतिमा पहलमान थापा र सुरेन पौडेल निर्वाचित भएका छन् । थापाले २ सय १९ मत र पौडेलले १ सय ९५ मत प्राप्त गरे ।

सचिवमा लोकबहादुर राई र एगा अर्याल निर्वाचित भएका छन् । राईले १ सय ९६ र अर्यालले १ सय ८५ पत पाएका छन् । सहसचिवमा हेमकुमारी चौहान र सुवास पौडेल निर्वाचित भएका छन् । चौहानले २ सय ३० मत र पौडेलले १ सय ७० मत पाए ।

More News last news
Loading...