कास्कीमा कांग्रेसका प्रदेश क्षेत्रीय अध्यक्षहरु चयन, को को भए विजयी ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर १ को (क) बाट दुर्गाप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

त्यस्तै कास्की क्षेत्र नम्बर १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् ।

Advertisement

कास्की क्षेत्र नम्बर २ को (क)बाट दीनेश आचार्य र कास्की क्षेत्र नम्बर २ को (ख) बाट दीपेन्द्र मर्सानी निर्वाचित भएका छन् ।

कास्की क्षेत्र नम्बर ३ को (क)बाट पुस्पेन्द्र पाण्डे तथा कास्की क्षेत्र नम्बर ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भएको कांग्रेस कास्कीले जनाएको छ।

क्षेत्रिय अधिवेशनका लागि कहाँ कहाँ तोकिए पतदानस्थल ?

बैठकले मंसिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मंशिर ३ गते हुने १(क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १ (ख)को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ। २(क)को पोखरा विरौटा र २(ख)को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ।

उता क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ। ३(क)को लागि हेमजास्थित पार्टी कार्यालय र ३(ख)को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ। मंशिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ।

More News last news
Loading...