दमौली । नेपाली कांग्रेस तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी भएका छन् । शनिबार बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी भएका हुन् । पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ।
रानाले २३८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरेका छन् । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी भएका छन् ।
सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी भएका छन् । सहसचिवमा केश बहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी भएका छन् ।
प्रदेश प्रतिनिधिमा तुल बहादुर गुरूङ २४९, रविचन्द्र पौडेल २४५, लोकेन्द्र थापा २१७, श्रीबहादुर थापा २२९, शिव बहादुर आले २३३, शिवशरण वाग्ले २२९ र समुन्द्रराम श्रेष्ठ २१६ मत प्राप्त गरी विजयी भएका छन्।
यस्तै, बासना श्रेष्ठ २२६, बिना खनाल “हरीकला” २१४ र सुलोचना गौतम १९९ मत प्राप्त गरी विजयी भएका छन् ।
यसैगरी, जुक्त्तराज वाग्ले २२३, निशादेवी पौडेल २१९, अन्जन कुमार श्रेष्ठ “कान्छा” २४७, हिरालाल गुरूङ २३०, सीता कुमाल २१७, डोल बहादुर सुनार २३२ निर पुन १९३ मत प्राप्त गरी विजयी भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
