काठमाडौं । नेपाली कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनका लागि रामनाथ अधिकारी समुहले उम्मेदवारी घोषणा गरेको छ। घोषित समूहको जिल्ला सभापतिमा अधिकारी रहेका छन्।
यस्तै प्रतिनिधिसभा क्षेत्रीय सभापतीमा क्षेत्र न.१ मा कुमारबहादुर सिंखडा र क्षेत्र न. २ मा राकेश धमला रहेका छन्।
प्रदेशसभा क्षेत्रीय सभापतिमा क्षेत्र न १ (क) मा राजकुमार कुँवर १ (ख) मा बिष्णुप्रसाद रुपाखेती, क्षेत्र न २ (क) मा होमबहादुर गुरुङ, क्षेत्र न. २ (ख) मा हरि तामाङ रहेका छन्।
उम्मेदवार घोषणा कार्यक्रममा नेपाली कांग्रेस धादिङका वर्तमान जिल्ला सभापति रमेश धमला, नेताहरू हरि अधिकारी, वासु तिमल्सिना, विश्वो अर्याल, फणिकान्त छत्कुली, भक्त लामा विनोद तिमल्सिनालगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै यमनाथ दनै, नारायण कुमार श्रेष्ठ अम्बिका अधिकारी, कल्पना अधिकारी वर्तमान क्षेत्रीय सभापतिहरू कृष्ण रिजाल, योगबहादुर तामाङ, लगायत विभिन्न गाउँपालिका सभापतिहरू वडा सभापतिहरू उपस्थित रहेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
