संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन्।
पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे। औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए।
अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उनको भनाइ थियो । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।
कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे। एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
