कार्यकर्ता भेट्न गाउँगाउँ पुगे स्याङ्जा कांग्रेस सभापतिका उम्मेद्वार थापा

स्याङ्जा । यतिबेला सत्तारुढ दल नेपाली कांग्रेसलाई १४ औं महाधिवेशनको चटारो छ । मंसिर २४ देखि २६ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको तयारीसँगै विभिन्न जिल्लाहरुमा प्रदेश सभा निर्वाचन, क्षेत्रीय र जिल्ला अधिवेशनको माहौल पनि तातेको छ ।

जिल्ला अधिवेशन नजिकिएसँगै जिल्ला सभापतिमा दाबेदारी प्रस्तुत गरेका उम्मेद्वारहरु आफ्ना कार्यकर्तासँग भोट माग्दै गाउँ पसेका छन् ।

Advertisement

यसैबीच स्याङ्जा जिल्लामा आगामी मंसिर १० गते हुने जिल्ला अधिवेशन र त्यसअघिका अधिवेशनका लागि आफू नेतृत्वको टिम लिएर स्याङ्जा जिल्ला सभापतिका उम्मेद्वार राजु थापा गाउँमा पुगेका छन् ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा पालिका अधिवेशन सकिएपश्चात जिल्ला तहको अधिवेशनका लागि नेता कार्यकर्ता गाउँ पसेका हुन् । ११ स्थानीय तहमध्ये ७ स्थानीय तहमा आफू निकटको नेतृत्व चयन गर्न सफल भएका थापा अहिले स्याङ्जाका कुनाकाप्चा गाउँमा पुग्न दौडधुप गरिरहेका छन् ।

करिब एक महिनाभन्दा लामो समयदेखि देखि नेता कार्यकर्ता माझ पुग्ने क्रममा स्याङ्जाका धेरै वडा तथा गाउँमा आफू पुगिसकेको र बाँकी केहि गाउँहरुमा पनि कार्यक्रमहरु हुने क्रम जारी रहेको थापाले नयाँपुस्तालाई बताए ।

यसरी भोट माग्दै गाउँ पुग्ने क्रममा स्याङ्जा कांग्रेसको संगठन बिग्रेको भन्ने अग्रज कांग्रेसीहरुको गुनासो रहेको उनले बताए । ‘ती अग्रज कांग्रेसीहरुको घाउँमा मलम लगाउन मेरो उम्मेद्वारी हो ’, थापा थप्छन् । त्यति मात्र नभई स्याङ्जा कांग्रेसमा लामो समयदेखि रहेको गुटबन्दी अन्त्य र आगामी संघीय, प्रदेश तथा स्थानीय तहमा कांग्रेसको जितलाई सुनिश्चित गर्नका लागि आफ्नो उम्मेद्वारी महत्वपूर्ण रहेको थापाको भनाइ छ।

यसका साथै थापाले नेपाली कांग्रेसको बिरासतपूर्ण इतिहासलाई बर्तमानसँग जोड्न, संगठन बिस्तार र संरचनागत सुधारलाई तीब्र बनाउन, जिल्लाभित्र निस्क्रिय रहेका विभाग र समितलाई सक्रिय बनाउन, अध्यनशील र प्रबृतीमैत्री कांग्रेस बनाउने र सबै राजनीतिक दलसँग सहकार्य गर्ने लगायतका बिषयहरु समेत अगाडी सारेका छन् ।

संविधान सभा सदस्य समेत रहेका थापा कांग्रेससामु मात्र नभई समग्र स्याङ्जाली जनतासामु पनि लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनले यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा करिब २० बर्षपश्चात कम्युनिष्टको गण मानिने साविकको स्याङ्जा क्षेत्र नं १ मा बिजयी हासिंल गरेका थिए ।

More News last news
Loading...