आज भाइटीकाको उत्तम साइत ११:०२ बजे, कुन देशमा रहेका नेपालीले कुन साइतमा टिका लगाउने ?

काठमाडौँ । यस वर्षको भाइटीका भोलि २० गते शनिबारका दिन परेको छ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन पनि हने ।

नेपाल पंचाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । शुभसाइतमा टीका लगाउनु शुभ हुने विश्वास गरिन्छ ।

Advertisement

यद्यपि शुभ साइतबाहेक दिनभरि नै टीका लगाउन सकिने समितिले बताएको छ । समितिका अनुसार राज्य सञ्चालक तथा प्रमुखहरु शुभसाइतमा नै टीका लगाउनुपर्ने तर सर्वसाधारणले भने दिउँसो टीका लगाए पनि शास्त्रसम्मत नै हुने बताएको छ ।

साथै नेपालबाहिर विभिन्न देशमा बसेका नेपालीहरुले भाइटीका लगाउँदा त्यहाँको समयअनुसार साइत निर्धारण समेत गरिएको छ ।

समितिले एक विज्ञप्ति जारी गर्दै विदेशका लागि भाइटीकाको साइत सार्वजनिक गरेको हो ।

More News last news
Loading...