काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस पटकको भाइटीकाको साइत सार्वजनिक गरेको छ। पञ्जाङका अनुसार भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको छ।
समितिका सदस्य सूर्यप्रसाद ढुंगेलका अनुसा कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटका लागि भाइटीकाको शुभसाइत रहेको छ। ११ बजेर २ मिनेटका लागि शुभ साइत भएपनि दिनभरी नै टीका लगाउन कुनै छेकबार नभएको उनको भनाइ छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीको टिका पनि १० बजेर २ मिनेटमा रहेको थियो ।
२०७८ सालको तिहारपर्वसँग सम्वन्धित दिन तथा साईतहरू
१) वि.सं. २०७८ कात्तिक १६ गते, मंगलबार – यमदीपदान, धनत्रयोदशी (धन्तेरस), धन्वन्तरी जयन्ती।
२) वि.सं. २०७८ कात्तिक१७ गते, बुधबार – काकबली (कागतिहार) कुकुरतिहार नरकचतुर्दशी (रात्रिका अन्त्यमा तेललगाएर नुहाउने) l
३) वि.सं. २०७८ कात्तिक १८ गते, विहिबार – लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि ।
४) वि.सं. २०७८ कात्तिक १९ गते, शुक्रबार – गोवर्धनपूजा, गोवलीपूजा, हलितिहार, म्हपूजा, ने.सं ११४२ प्रारम्भ ।
५) वि.सं. २०७८ कात्तिक २० गते, शनिबार – यमद्वितीया भाइटीका , (किजापूजा) बिहान ११:२ बजे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
