सुरेश परियार
सिमकोट । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्या मन्त्री बन्दा नेपाली कांग्रेस हुम्लाका ७ वटै नेपाली कांग्रेसका वडा इकाई, पालिका इकाई र जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको छ ।
यस्तै ताँजाको गाउँ पालीका नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी खुसीयाली र्याली निकाली दीप प्रज्वलनसमेत गरेको कांग्रेस पालिका कार्यसमितिका सभापति कृष्णबहादुर मल्लले बताए ।
मुख्या मन्त्री शाहीको जन्म थलो खार्पुनाथ गाउँ पालिकामा कांग्रेस पालिका कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सोही पालिकाका नेपाली कांग्रेस सभापति टक्कबहादुर शाहीले बताए।
मंगलबार राति कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शाहीले पद तथा गोपनीयताको शपथसँगै कांग्रेस हुम्ला पार्टी कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सभापति धर्मराज रोकायाले बताए।
मंगलबार साँझ ७स्३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
