ज्ञानु राईको टहराबाट मध्यराती समातिए ६ पुरुष

काठमाडौं । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका ७ दुङ्गेधारास्थित ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय बिलास भट्ट लगायात ६ जनालाई मंगलबार मध्यराति प्रहरीले पक्राउ गरेको छ।

उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ८ सय रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो।

Advertisement

यस्तै, कौडा खेलिरहेका २९ जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान शुक्लागण्डकी नगरपालिका– ८ स्थित लालिमबाट नाै लाख ११ हजार चार सय पाँच रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा ८ नम्वर वडाका ३० वर्षीय भानुभक्त पराजुली, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल विक, नारायणसिंह थापा, बिलबहादुर गुरुङ, चूडामणि पौडेल, रमेश भट्टराई, सोमप्रसाद पौडेल, मणिरत्न पौडेल, रोशन भट्टराई, प्रकाश भट्टराई रहेका छन्।

त्यस्तै, शुक्लागण्डकी वडा नम्बर– ४ बस्ने सुरज रामजाली, नीर पुन, प्रकाश गुरुङ, अञ्जन गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार, राजु पुन, मोहित जुहारचन, राजु मगर, मानबहादुर परियार र श्याम गुरुङ रहेका छन् । त्यस्तैगरी शुक्लागण्डकी– ३ बस्ने दीपक सुनार, विष्णु विश्वकर्मा, गोविन्द विक, वडा नम्बर २ का रूपेश गुरुङ र वडा नम्बर ११ बस्ने कृता भट्टराई रहेका छन् ।

शुक्लागण्डकी– ८ लालिम स्थित बिलबहादुर गुरुङको घरमा ठूलो धनराशिमा कौडा खेलिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उनीहरूको साथबाट नगदसहित १६ थान कौडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

More News last news
Loading...