प्रदेश १ : मुख्यमन्त्री आचार्य विश्वसको मत लिँदै, नयाँ मूख्यमन्त्री को ?

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ ।

आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगो लाग्नेछ । मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन् ।

Advertisement

प्रदेश सभामा विद्यमान शक्ति सन्तुलनमा नाटकीय परिवर्तन नआएमा मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने आधार देखिएको छैन। ९३ सदस्यीय प्रदेश सभामा हाल ९२ जना सांसदहरु कायम छन्।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा (एस) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।

प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगरेको खण्डमा प्रदेश प्रमुखले नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिमको सरकार गठन गर्न आह्वान गर्नेछन्।

प्रदेश प्रमुखले आह्वान गरेलगतै नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्नका लागि दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ।

More News last news
Loading...