मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी काँग्रेसको महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ। काँग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरेको हो।

पार्टीका शीर्ष नेतासँगको छलफलपछि निर्वाचन समितिले कार्यतालिका ल्याएको हो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन निर्देशन दिएका थिए । सोही अनुसार निर्वाचन समितिले नयाँ कार्यतालिका ल्याएको हो।

Advertisement

यसअघि काँग्रेसले तीन पटक महाधिवेशन सारेको थियो । ​काँग्रेसले २०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण, क्रियाशील सदस्यता विवाद र अन्तर पार्टी समायोजन प्रक्रियामा कारण भदौ ७ देखि १० सम्मका लागि महाधिवेशन सारियो । तर, क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई कारण देखाएर फेरि भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भयो।

More News last news
Loading...