फेरी सर्‍यो कांग्रेस महाधिवेशन, नयाँ कार्यतालिका सार्बजनिक

काठमाडौं । पटक पटक सरेको नेपाली कांग्रेसको १४ महाधिवेशन फेरी सर्ने भएको छ । बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले बताए।

उनका अनुसार अब कांग्रेस महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय भएको छ। यसअघि कांग्रेसले मंसिर ९ देखि १२ गतेसम्म गर्ने जनाएको थियो।

Advertisement

केन्द्रीय महाधिवेशनसँगै तल्लो तहको अधिवेशन पनि सर्ने भएको छ । जसअनुसार वडा अधिवेशन नभएका १३ जिल्लामा कात्तिक २७ गते हुने छ।

यस्तै, पालिका तहको अधिवेशन कात्तिक ३० का लागि तोकिएको छ भने मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ। अहिलेसम्म हिमाली र उच्च पहाडी गरी १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन भएको छ।

मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्ने गरी मिति तय भएको छ। मंगलबार मात्र प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्रै अधिवेशन सक्ने गरी नयाँ कार्यतालिका ल्याउन भनेका थिए।

More News last news
Loading...