नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत) बीच एकता

माधव नेपालले पार्टी एकता गरेका छन् । उनी नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जीवन राई नेतृत्वको नेकपा (एकीकृत) बीच पार्टी एकता गर्ने सहमति भएको हो।

शुक्रबार नेपाल र राईले आठ बुँदे सहमति गर्दै पार्टी एकता गरेका हुन्। एकीकरणपछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) रहने भएको छ।

Advertisement

एकीकृत पार्टीको चुनाव चिन्ह राई नेतृत्वको पार्टीले लिएको कमल राख्ने सहमति भएको छ। अध्यक्ष राईलाई एकीकृत समाजवादीमा केन्द्रीय सदस्य बनाउने सहमति भएको छ।

More News last news
Loading...