‘असोज ४ गतेपछि मन्त्रिपरिषद विस्तार हुन्छ’

धनुषा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

जनकपुरधाममा प्रदेश स्तरीय नेतालाई प्रशिक्षण दिएपश्चात काठमाडौं फर्किने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले असोज ४ गतेपछि मन्त्रिपरिषद विस्तार हुने बताए।

Advertisement

उनले भने ‘प्राविधिक कारणले मन्त्रिपरिषद विस्तार हुन सकेको छैन, अन्य कुनै कारण छैन। असोज ४ गते मन्त्रिपरिषद विस्तार हुन्छ।’

गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको चार दलीय लोकतान्त्रिक गठबन्धन नटुट्ने दाबी उनको छ। ‘गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएको थियो’, अध्यक्ष प्रचण्डले भने,  ‘तर अब तपाईहरु ढुक्कसँग लेख्नुस्-गठबन्धन टुट्दैन। अगामी चुनावसँग यो गठबन्धन रहन्छ।’

अध्यक्ष प्रचण्डले मुलुकमा विवादित बन्दै गएको एमसीसीको विषयमा केपी ओलीले एमसीसीको सम्झौतामा गडवडी गरेको बताउँदै एमसीसी जस्तो त्यस्तै पास गर्नुपर्ने बताए।

उनले जनताको मुद्दालाई गम्भीर रुपले उठाउन नसकेको हो कि भन्ने विषयमा प्रशिक्षण कार्यक्रममा समिक्षा गरेको समेत बताए। संशोधन गर्ने सर्तमा संविधानमा हस्ताक्षर गरेको स्मरण गर्दै उनले भने, ‘अहिलेको संविधान संशोधन हुनुपर्छ।’

More News last news
Loading...