युवाहरुको मन जितेका नेबिसंघका नेता क्षेत्रीले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी

यस्तो छ संघर्षरत राजनीतिक यात्रा...

स्याङ्जा । नेपाल विद्यार्थी संघ (नेबिसंघ) स्याङ्जाका सभापति अजित अधिकारी क्षेत्री नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका छन् । उनले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ बाट उक्त पदमा उम्मेद्वारी घोषणा गरेका हुन् ।

विद्यार्थी राजनीतिमा मात्र नभई पार्टीको स्थानीय र जिल्ला स्तरमा समेत आम कांग्रेसीहरुमाझ सकारात्मक छाप छाडेका अधिकारीले पहिलोपटक पार्टीको केन्द्रीय स्तरको पदका लागि उम्मेद्वारी दिएका हुन्।

Advertisement

यसअघि पार्टीको १२ औं र १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बिजयी भएका क्षेत्री यसपटक पनि सर्वसम्मत रुपमा उक्त पदमा बिजयी भईसकेका छन् । ९ कक्षामा स्थानीय भोजप्रकाश मा.वि.मा अध्यनरत रहँदा पार्टीको शशक्त भादृ संगठन नेबिसंघको सदस्यता लिएर शुरु भएको गरेका क्षेत्री समग्र स्याङ्जाली कांग्रेसीप्रति लोकप्रिय छन् ।

९ कक्षाको कलिलो उमेरबाट राजनीतिमा होमिएका क्षेत्री सोही स्कूलको इकाई अध्यक्ष, छोरेपाटन मा.वि.को इकाई अध्यक्ष लगायतका पदको जिम्मेवारी सम्हाल्दै कास्कीकै सबैभन्दा धेरै विद्यार्थीको घुलमिल हुने पृथ्वीनारायण क्याम्पसका अध्यननका साथै विद्यार्थी राजनीति शुरु गरे । त्यसबेला कम्युनिष्टहरुको बाहुल्यता रहेको पिएन क्याम्पसमा नेबिसंघबाट राजनीति गर्नु भनेको फलामको चिउरा चपाए जस्तै थियो।

तर पनि निडर, हक्की स्वभावका क्षेत्रीले आफ्नो राजनीतिक करिअरलाई अगाडी वढाउने निधो गरे । त्यसबखत उनले धेरै पटक कम्युनिष्टहरुको हप्कीदप्की मात्र खाएनन्, कयौ पटक पिटिए भने पटक पटक विद्यार्थीको हकहितका लागि आवाज उठाउँदै गर्दा जेल जीवन समेत विताए ।

उनको संघर्षरत विद्यार्थी राजनीतिकै कारण उनी स्याङ्जा पोखरा समर्क समिती उपाध्यक्ष, पृथ्वीनारायण क्याम्पस इकाइ कोषाध्यक्ष, सचिव, स्ववियूको उम्मेद्वार, नेबिसंघ स्याङ्जा क्षेत्र नं १ को सभापति, जिल्ला कार्यवहाक सभापति हुँदै नेविसंघ स्याङ्जा हाक्ने मौका प्राप्त गरे।

नेविसंघ जिल्लाको सभापति भईसकेपछि नेतृत्व हस्तान्तरणका लागि परिपाटी नबन्दा र अन्य तहमा नेतृत्वबाट बञ्चित गरिदा बाध्यताबस उनले धेरै लामो समयसम्म जिल्ला सभापतिको रुपमा समेत कार्य गरिरहे । स्याङ्जाका हरेक उच्च मा.वि. र माविहरुमा नेबिसंघ गठन गर्न पुगेका क्षेत्रीले विद्यालयहरुमा राजनीतिक गतिविधि सँगै सिर्जनात्मक गतिविधिहरु (हाजिरी जवाफ, चित्रकला, गीत, गजल, दौड, बक्तृत्वकला र नेतृत्व बिकास तालिम लगायतका) सञ्चालन गरेर विद्यार्थीहरुलाई हौसला प्रदान गरिरहे।

क्षेत्रीले आफू विद्यार्थीको नेतृत्वमा रहँदा जिल्लाभित्रका विभिन्न क्याम्पस र स्कूलमा पुगेर करिब ४ लाख विद्यार्थीलाई नेबिसंघको सदस्यता वितरण गरे । यस्तै उनले स्याङ्जामा २०५४ को निर्बाचन पछि स्वतन्त्र विद्यार्थी युनियनमा एक छत्र राज गरिरहेको अखिललाई पाखा लगाउँदै जिल्लाका महत्वपूर्ण ५ क्याम्पसहरुमा नेबिसंघको नेतृत्व स्थापित गराए।

विद्यार्थी राजनीति संगै गाउँ तथा स्थानीय स्तरमा जनतालाई परेका समस्यामा तल्लीन रहने क्षेत्रीले दैवी विपत्ती, वाढी पहिरो, भूकम्प र कोरोना महामारीका बेलामा समेत आफ्नो हैसियतले सक्ने कार्यहरु गर्न कहिल्यै पछि परेनन् ।

२०७२ सालको महाभूकम्पका बेला तहसनहस परेका विद्यालयका संरचना निर्माण गर्न उनले तरुण दल स्याङ्जा सँगको सहकार्यमा जिल्लाभित्रका १५ भन्दा भन्दा बढी विद्यालयमा ६५ भन्दा वढी अस्थायी कक्षाकोठाको निर्माण कार्य समेत सम्पन्न गरे । जिल्लामा मुल पार्टीको संगठन खस्कदा समेत कुनै नेताको प्रलोधन तथा लोभमा नपरी संगठन बनाउन सक्रिय क्षेत्री पार्टीको लागि आवश्यक युवापिढी भएको उनका सहकर्मीहरु बताउँछन् ।

आफ्नै सहकर्मीहरु सरकारी सेवामा पुगेर विभिन्न कार्यालयहरुमा हाकिमको जिम्मेवारीमा पुग्दा समेत कतिपनि बिचल्लीत नभई स्याङ्जाली जनताको सेवामा आफ्नो जीवनको महत्वपुर्ण समय खर्च गरेकै कारण उनी जिल्ला तहका मात्र नभई केन्द्रीय तहका नेताका समेत विश्वासपात्र बन्न सकेका छन् । कांग्रेस स्याङ्जामा थुप्रै युवापंक्ति राजनीतिमा रहेको भएपनि उनीजस्तो संगठनकै लागि खट्ने युवा अन्य नरहेको स्वयंम उनकै प्रतिस्पर्धी सहकर्मीहरु बताउँछन् ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा आगामी असोज १२ गते महाधिवेशन प्रतिनिधि पदका लागि निर्वाचन हुदै छ । जसअन्तर्गत क्षेत्र नं १ बाट २५ र क्षेत्र नं २ बाट २५ गरी जम्मा ५० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित हुने छन्।

More News last news
Loading...