एनआरएनए महाधिवेशन : रविना-विनय टिमले भब्य कार्यक्रमकाबीच औपचारिक उम्मेदवारी घोषणा गर्ने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापाको टिमले भब्य कार्यक्रमकाबीच औपचारिक उम्मेदवारी घोषणा गर्ने भएको छ। थापाको टिमले छिट्टै एक भब्य कार्यक्रमको आयोजना गरि आगामी नेतृत्वका लागि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएको हो।

थापाको टिमको मंगलबार (हिजो) बसेको बैठकले एनआरएन अभियन्ता, विभिन्न राजनीतिक दलका प्रमुखको उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको हो। थापा समुह अहिले मजबुद टिम निर्माण निर्माणदेखि घोषणापत्र बनाउनमा व्यस्त रहेको छ ।

Advertisement

थापाको टिमबाट महासचिवमा विनय अधिकारी भिड्ने भएका छन् । महासचिवका उम्मेदवार अधिकारीले अहिले विश्वभरि आफूहरुको पक्षमा माहौल बन्दै गएको नयाँ पुस्तालाई बताए । उनले भने, “अहिले हाम्रो टिम सशक्त बनेको छ । हामी अहिले बजबुद टिम निर्माण र घोषणापत्रमा लागेका छौँ । ढिलोमा एक साताभित्र औपचारिक उम्मेदवारी घोषणा गर्छौँ ।”

पछिल्लो समय धेरै देशका नेपाली जनसम्पर्क समितिले थापा समुहलाई समर्थन गर्ने निर्णय गर्न थालेका छन् । बिहीबार पनि विश्वभरिका जनसम्पर्क समितिमाझ थापा टिमले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने स्रोतले जनाएको छ ।

एनआरएनएको अक्टोवरमा हुने १० औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि उपाध्यक्ष रबिना थापासँगै अर्का उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले पनि उम्मेदवारी घोषणा गरेका छन्।

More News last news
Loading...