लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले आगामी अक्टोवरमा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा अध्यक्षकी प्रत्यासी रबिना थापालाई सहयोग गर्ने निर्णय गरेको छ।
समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा आइतवार बसेको बैठकले उक्त निर्णय गरेको हो। थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्य समेत हुन्।
बैठकमा नेपाली काँग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिको बारेमा बिभिन्न निर्णय भएका छन।
बैठकले बेलायतका कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, क्रियाशील सदस्यहरु, केन्द्रिय सभा सदस्य- हरुलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिने समेत निर्णय गरिएको छ।
संघको अक्टोवरमा हुने १० औं महाधिवेशनको लागि वर्तमान उपाध्यक्ष डा. बद्री केसी र कुल आचार्यले समेत उम्मेदवारी घोषणा गरेका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
