एनआएनएमा राजनीतिक हस्तक्षेप असह्यः रामशरण सिम्खडा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन्।

एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार साँझ गरेको बहस कार्यक्रममा बोल्दै सिम्खडाले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए। एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने सिम्खडाको भनाइ छ।

Advertisement

एनआरएनएमा पार्टी निकट उमेद्वारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति लक्षित गर्दै सिम्खडाले कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु निकै दुखःद भएको बताए। ‘सामाजिक, सेवामूलक संस्थामा राजनीति हस्तक्षेप हुनु असह्य छ,’ उनले भने।

पछिल्लो समय एनआरएनएमा चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न थालिएको भन्दै सिम्खडाले त्यसप्रति आपत्ति जनाए। ‘केन्द्रिय नेतृत्वमा धनी र सम्भ्रान्तहरुको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकसित हुन नसकेको देखिन्छ। त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारी घोषणा गरेको हु“,’ सिम्खडाले भने।

आफ्नो उमेद्वारी दलीय आधारमा वा गुटगत भागबण्डाका आधारमा नभएको सिम्खडाको दाबी छ। ‘म गुटगत वा दलगत नभइ कार्यशैली र एजेन्डाका आधारमा अध्यक्षका एक उमेद्वारसँग सहकार्य गर्न तयार भएको हुँ,’ उनले भने। सिम्खडा अध्यक्षका उमेद्वार बद्री केसीसँग निकट हुन्।

पछिल्लो समय एनआरएनए नेतृत्वले संस्थागत सुधार र विकासका क्षेत्रमा निकै काम गरेपनि अझै धेरै गर्न बाकी रहेको भन्दै आफू सचिव पदका लागि उमेद्वार बनेको बताए। एनआरएनएभित्र बौद्धिक तथा भद्र नेताका रुपमा परिचय बनाएका सिम्खडा हाल एनआरएनएका केन्द्रिय सदस्य तथा विधान संसोधन समितिका सहसंयोजक हुन् ।

More News last news
Loading...