लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी) को आगामी अक्टोबरमा हुने १० औँ महाधिवेशनका लागि राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाबाट विभिन्न पदका लागि चारजनाले उम्मेद्वारी दिएका छन्।
केन्द्रीय सचिव पदका लागि डा. देवीबहादुर बस्नेत, केन्द्रीय महिला संयोजक पदका उम्मेदवार श्रीमती जुनु गुरुङ, एसिया प्यासेफिक क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवर र एसिया प्यासेफिक क्षेत्रीय उप-संयोजक पदका उम्मेदवारका लागि यज्ञ राज सुबेदीले उम्मेद्वारी दिएका हुन्।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा शनिबार भर्चुअल औपचारिक उम्मेदवारी घोषणा कार्यक्रममार्फत् उनीहरुले उम्मेद्वारी घोषणा गरेका हुन्।
आचार्य र उपाध्यक्ष केसीद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा
गैर आवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन अध्यक्षमा उपाध्यक्ष बद्री केसी र सल्लाहकार कुल आचार्यले अध्यक्षमा उम्मेद्वार दिने घोषणा गरेका छन् ।
रसिया निवासी उपाध्यक्ष केसीको टीमबाट अमेरिकाको टेक्सास निवासी वर्तमा सचिव गौरीराज जोशी महासचिवको उम्मेद्वार बन्ने लगभग टुंगो लागेको छ ।
यस्तै, बेलायत निवासी आचार्यको टिमबाट अमेरिका निवासी डाक्टर केशव पौडेल महासचिवको उम्मेद्वार हुने टुंगो लागेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
