जुम्लामा एमालेलाई ठुलो धक्का, ६१ मध्ये ५८ नेताले रोजे समाजवादी

जुम्ला । जुम्लामा नेकपा (एमाले) लाई ठुलो धक्का लागेको छ । जुम्लामा एमालेका ५८ पदाधिकारीले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन्।

यो सँगै केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीलाई ठुलो धक्का लागेको हो । शनिबार एक कार्यक्रमको आयोजना गरी ५८ नेताले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोजेका हुन्।

Advertisement

प्रदेशसभा सांसद् पदम रोकायसहित नगरपालिकामा जितेका सबै वडाध्यक्षले निर्वाचन आयोग पुगेर एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् ।

जुम्लामा एमालेमा ६१ जना जिल्ला कमिटी थिए । जसमध्ये ३ जनाबाहेक सबै पदाधिकारीले एमाले परित्याग गरेका छन् । बाँकी ३ जनाको भने सनाखत हुन बाँकी छ।

यहि ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएसँगै प्रदेश र स्थानीय तहका प्रतिनिधिले २२ गतेसम्म दुई एमाले र एकीकृत समाजवादी मध्ये एक दल रोज्न पाउने व्यवस्था गरेको छ ।

More News last news
Loading...