काबुल विमानस्थल विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या १७० पुग्यो

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा बेलायतका नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ। बेलायतले काबुल विमानस्थल बाहिर भएको हमलामा आफ्ना दुई जना नागरिकको ज्यान गएको  बताएको बीबीसीले जनाएको छ।

दुई जना बेलायती नागरिकसहित यो घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म १ सय ७० पुगेको बीबीसीले जनाएको छ । घटनामा डेढ सयभन्दा धेरै घाइते भएका छन्  । बिहीवार राति भएको आत्मघाती बम विस्फोटको जिम्मा आतङ्कवादी सङ्गठन आईएसले लिएको छ।

Advertisement

यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोट पछि पनि उद्धार कार्य जारी नै रहने बताएका छन् ।

उनले आफ्नो मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने बताएका छन् । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरूलाई कारबाही समेत हुने दाबी गर्नु भएको छ । बम विस्फोटपछि पनि देश छाड्न चाहने हजारौँ मानिस विमानस्थल बाहिर जम्मा भएका छन्।

विमानस्थल बाहिरको क्षेत्र तालिबानले नियन्त्रण लिएर सुरक्षा दिने प्रयास गरिरहेको खबरमा उल्लेख छ ।

More News last news
Loading...