पानीपुरी खाने गर्नुभएको छ ? सावधान पानीपुरीमा पिसाब मिसाइरहेको भिडियो भाइरल (भिडियो)

काठमाडौँ । सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन्। कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन्।

खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ। यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन।

Advertisement

तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ।

यो भिडियो नेपालको भने होइन। तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ।

भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो। भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ।

हेर्नुहोस् भिडियो

More News last news
Loading...